भीमकाली साँझबाट ६ लाख संकलन

पाेखरा | कात्तिक १२, २०७९

भीमकाली साँझबाट ६ लाख संकलन

पोखरा:  पोखरा महानगरपालिका १ मा सक्रिय रहदैं आएको भीमकाली साँझबाट ६ लाख संकलन भएको छ ।

 

नेपालीहरुको चाड तिहारको अवसरमा आयोजित दोस्रो भीमकाली साँझ देउसी भैलो तथा साँस्कृतिक कार्यक्रमबाट ६ लाख बढी संकलन भएको क्लबका सदस्य अनिश गुरुङले जानकारी दिए ।

 

उनका अनुसार सो रकम सामाजिक क्रियाकलापमा खर्च गरिनेछ । ‘हामीले भीमकाली साँझबाट उठेको रमक अनावश्यक रुपमा खर्च गर्दैनौ, उनले भने, ‘विगतमा पनि विभिन्न सामाजिक क्रियाकलापमा संलग्न हुदैं आएका छौं । यसपटक उठेको रकम कोष र केही सामाजिक काममै खर्च गर्नेछौं ।’

 

उनले तिहारको अवसरमा पोखरा १ बगरस्थित भीमकालीपाटन लगायतका टोलमा सरसफाई कार्यक्रम सम्पन्न गरेको स्मरण गरे । ‘हामीले तिहारको अवसरमा सरसफाई कार्यक्रम, कोरोना भाइरसको महामारीको समयमा विपन्न परिवारलाई राहात, रक्तदान तथा सचेतनामुलक कार्यक्रमहरु सम्पन्न गरिसकेका छौं, गुरुङले भने, ‘आगामी दिनमापनि हामीले युवाहरुलाई लक्षित गरेर यस्तै सकरात्मक र रचनात्मक कार्यक्रमलाई अघि सार्नेछौं ।’

 

यसअघि उक्त भीमकाली साँझको उद्घाटन पोखरा महानरपालिका १ का वडाध्यक्ष शाहरा प्रधानले गरेका थिए । सो अवसरमा बोल्दै वडाध्यक्ष प्रधानले भीमकाली क्लबले सन्देशमुलक कार्य गर्दै आएको बताउदै अन्य संघ संस्थाहरुलेसमेत अनुशरण गर्नुेपर्ने बताए ।

 

उनले क्लबको चौतर्फी विकासको लागि वडा कार्यलयको तर्फबाट सधै सहयोग गर्न तयार रहेको बताउदै भने, ‘तपाइहरुले गरेको सकरात्मक कार्यको लागि हामी सदैब साथ दिन तयार छौं । ’

 

 

उनले १ नम्बर वडालाई नमुना वडा बनाउनका लागि स्थानीय क्लब तथा टोल विकास संस्थाहरुको आवश्यकता रहने धारणा राखे । ‘हाम्रो वडालाई नमुना वडा बनाउनका लागि  यहाँहरु जस्तै विभिन्न क्लब तथा टोलविकास संस्थाको आवश्यकता रहन्छ । त्यसको लागि सबै हातेमालो गर्न आवश्यक हुन्छ,  उनले भने, ‘त्यसैले यहाँहरुको रचनात्मक र सकरात्मक कार्यक्रमको हामी सधै उच्च कदर गर्नेछौं ।’ 

 

सोही कार्यक्रमको अवसरमा गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत फुटबलमा कास्य पदक प्राप्त गरेका गण्डकी प्रदेशका सुमित श्रेष्ठ र स्क्वासमा लुम्बिनी प्रदेशबाट कास्य पदक जितेका क्लबका सदस्य अर्जुन गाहा (सुशान्त) मगरलाई सम्मानसमेत गरिएको थियो ।

 

 

पोखरा:   २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट  गरेको छ ।  पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भ...

थप पढ्नुहोस्

काठमाडौं: काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्।  आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्।  स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्र...

थप पढ्नुहोस्

काठमाडौं: राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायण...

थप पढ्नुहोस्